ओली–दाहालको एउटै स्वर : ‘बूढीगण्डकी चिनियाँबाट खोसेर काँग्रेसलाई राम्रो हुदैन ‘

१ मंसिर २०७४, शुक्रबार ०१:४६

मंसिर १, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकै स्वरमा भनेका छन् बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोसेर काँग्रेसलाई राम्रो हुदैन ।

 

राजधानीमा बुधबार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको विशेष पत्रकार भेटघाट कार्यक्रममा अध्यक्षद्वय ओली र दाहालले भने बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेर काँग्रेसले गल्ती गरेको छ । कार्यक्रममा ओलीले बूढीगण्डकीका सम्बनधमा सरकार विकासविरोधी र जनविरोधी भएको बताए । ओलीले भने – अहिलेको सरकार कामचलाउ हो । सरुवा, बढुवा र ठूला निर्णय गर्ने अधिकार सरकारलाई छैन । यदि सरुवा, बढुवा र ठूला निर्णय गर्दै जान्छ भने एकमुष्ठ सबै निर्ण खारेज गर्न नपरोस् । सरकारले जथाभावी निर्णय नगरी आचारसंहिता पालना गरेर स्वच्छ र स्वतन्त्र निर्वाचन गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ । अझै पनि सरकार निर्वाचन सार्न सहिन्छ कि भनेर आचारसंहिता विपरीत कार्य गर्न अग्रसर भईरहेको उनले आरोप लगाए ।

 

वर्तमान सरकार मोहन शमशेरको बाटोमा अघि बढिरहेको छ, ओलीले भने  चुनावको मुखमा प्रहरी दरबन्दी बढाउने, सरकारको निर्णय पनि अनावश्यक छ । अहिले किन प्रहरीको दरबन्दी बढाउनुप¥यो रु यो त चुनावमा सरासर धाँधली हो । काँग्रेस चुनाव चिन्ह रुख हो, बुढो रुख जस्तै बुढो पार्टी हो । अब लोकतन्त्र होईन काँग्रेस सहिन्छ, ओलीले भने । अध्यक्ष दाहालले सरकारका पछिल्ला क्रियाकलापले निर्वाचनको वातावरण बनाउनुको सटट बिथोल्ने प्रयास गरेको बताए ।

पछिलला घटनाक्रम निर्वाचन स्वच्छ र स्वतन्त्र बनाउनेभन्दा निर्वाचनको वतावारण बिथोल्ने काम सरकारले गरेको छ, उनले भने , रोल्प, रुकुम र भोजपुर जस्ता जिल्लामा वाम गठबन्धनका उम्मेद्वारमाथी भएको आक्रमण राम्रो संकेत दिएको छैनु अध्यक्ष दाहालले सरकारकै बहालवाला मन्त्रीकै निर्देशनमा आक्रमण गर्नेलाई छाड्न दबाब आईरहेकोले दालमा केही कालो छु भन्ने पुष्टि हुने बताए ।
उनले निर्वाचनको ऐन कानुनको स्पिडभन्दा सरकार बाहिर जान थालेको बताए । उनले सरकारले बूढीगण्डकी परियोजना चिनियाँ कम्पनीबाट अरुलाई दिनु विकासविरोधी भएको आरोप लगाए । अहिले पनि हामी सरकारमा नै छौं । ठूला निर्णय लिदाँ सहयात्री दललाई सोधिन्छ तर अहिले सरकारले बूढीगण्डकीको निर्णय खारेज गर्दा एक शब्द पनि हामीलाई सोधेन । हामी दुःख लागेको छ, उनले भने, यसबाट सरकार विकास र जनविरोधी भएको पुष्टि हुन्छ । उनले वामपनथी सरकार आउनेबित्तिकै परियोजना अगाडी बढाउने बताए । उनले काँग्रेसले वाम गठबन्धनबारेमा विभिन्न कुप्रचार गरेको आरोप लगाए । अध्यक्ष दाहालले दुई पाटीबीचको एकता अब आफुहरुले रोक्न नसक्ने बताउँदै निर्वाचनपछि पार्टी एकता हुने जानकारी दिए । –सैर्य दैनिक