एनालग टेलिभिजन भोलिदेखि बन्द गरिने

२७ कार्तिक २०७४, सोमबार ०२:२६

कात्तिक २७, काठमाडौँ । सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिनलाई डिजिटलमा रुपान्तरण नगर्ने सेवाप्रदायकलाई अनगमन गरी बन्द गराउन लागेको हो ।

गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि ‘अपग्रेग’ गर्ने समयसीमिा छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।