ईरान र इराकको सीमा क्षेत्रमा ७.३ रेक्टरको भूकम्प, ६१ जनाको मृत्यु

२७ कार्तिक २०७४, सोमबार ०३:१८

कात्तिक २७, काठमाडौं । ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु भएको छ । अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ईरान र इराकको सीमा क्षेत्रमा ७.३ रेक्टरको भूकम्प गएको छ ।

बीबीसीले ईरानका सरकारी मिडियालाई उद्धृत गर्दै दिएको समाचारअनुसार अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । भूकम्पले ईरान र इराकका कैयौं क्षेत्रमा धक्का दिएको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।