अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ उनलाई ‘पुड्के र मोटे’ कहिल्यै नभन्ने

२७ कार्तिक २०७४, सोमबार ०२:१९

कात्तिक २७, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध सुरु भएको छ ।

साउत चाईना सी को विवाद समाधान गर्नका लागि आफु मध्यस्तकर्ता बन्न तयार रहेको बताउने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत उत्तर कोरियाली नेता तथा शासक किम जोङउनलाई कहिले पनि पुड्के र मोटे नभन्ने बताएको खबर आजको नागरिक दैनिकमा छ ।

उत्तर कोरिायली विदेशमन्त्री शनिबार ट्रम्पलाई युद्ध रुचाउने र वृद्ध व्यक्ति भनेका थिए ।

ट्रम्पको आलोचना गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले प्योङयाङले परमाणु अस्त्रको विकास नरोक्ने पनि बताएका थिए ।

ट्रम्पले उत्तर कोरियालीले आफुलाई किन बुढो भनेर अपमान गरेको होला भन्दै ट्विट गरेका हुन् ।