अन्तर्राष्ट्रिय रिङ रेस्लिङ काठमाडौँमा हुँदै

१७ कार्तिक २०७४, शुक्रबार ११:५७

कात्तिक १७, काठमाडौं । काठमाडौँमा अन्तर्राष्ट्रिय रिङ रेस्लिङ हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यसै महिनाको २५ र २७ गते दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ हुने भएको हो ।

विभिन्न सात स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न आठ देशका खेलाडीको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले जानकारी दिइन् ।

सहभागी खेलाडीका अमेरिकाका प्रोरेस्लिङ गेमर, सिंगापुरका दि युरासियन ड्रागन, अस्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, नील र माक्सम्यानको सहभागिता रहनेछ । नेपालबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन, टुप्पी र ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी प्रतियोगिताको आकर्षणका रूपमा महिला रेस्लरहरू रसियाका मेफिस्तो, चेक रिपब्लिकका रोमाना तथा नेपालका सोफी र दिलासाको सहभागिता रहनेछ । प्रतियोगितालाई डिस होमले मुख्य प्रायोजन गर्नेछ ।

खेल दशरथ रंगशालाको कबड हलमा हुने बताइएको छ ।