हाँस्दा शरीरलाई कस्तो फाईदा पु¥याउँछन् हेरौ यस्ता छन्

१३ मंसिर २०७४, बुधबार १३:०४

शरीरलाई स्वस्थ र फुर्तिलो बनाउन मान्छेहरु विभिन्न खालको विधिहरु अपनाउँछन् । कोही विहानै उठेर मर्निङ वाक गर्ने, डान्स गर्ने, व्यायाम गर्ने जस्ता विभिन्न उपयाहरु गर्ने गर्दछन् । त्यस्तै हाँस्ने विधि पनि एक हो जसले मान्छेलाई स्वस्थ बनाउँछन् । हेरौ यस्ता छन् हाँस्दाका फाईदाहरु ः

१. लगातार १५ मिनेट हाँस्दा दुई घन्टासम्म शरिरमा आलस्य नआउने अध्ययनले देखाएको छ ।
दिल खोलेर एक घन्टा हाँस्दा शरिरको मांशपेशीलाई बलियो बनाउँछ ।

२. हाँस्दा शरिरमा रगत प्रवाह बढ्छ । शरिरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरसको नष्ट गरिदिन्छ ।

३. राम्रोसँग हाँस्दा मुटुमा रगत र अक्सिजनको राम्रो प्रवाह हुन्छ । शरिरबाट एर्डोफिन नाम गरेका रसायनबाहिर निस्किन्छन् र मुटु स्वस्थ हुन्छ ।

४. हाँस्दा अनुहारको मांशपेशीमा कसरत हुन्छ । निधारमा चाउरी पर्दैन ।

५. यदी हामी एक घन्टा हाँस्योै भने हाम्रो शरिरबाट चार सय क्यालोरी खर्च हुन्छ, जसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

६. तनाब नियन्त्रण हुन्छ । धित मर्नेगरी हास्दा शरिरको स्ट्रेस हर्मन न्यून हुने र स्वभाविक रुपमा मनमा खुसी हुने रसायन उत्पन्न हुन्छ ।