सूचनाको हक प्रयोग गरेर समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह

२९ कार्तिक २०७४, बुधबार ०७:१३

विराटनगर, कात्तिक २९ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा.कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रयोग गरेर समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।नेपाल पत्रकार महासंघ मोरङले आज विराटनगरमा गरेको कार्यक्रममा उनले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक सम्वृद्धिका लागी पनि सूचना हकको महत्वपूर्ण भूमिका रहने बताए । उनले सूचनाको हक प्रयोग गरेर प्रकाशित र प्रसारण हुने समाचार सत्य तथ्य र विश्वसनिय हुने बताए । सूचनाको हक कार्यान्वयनमा विश्वमा नेपालले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।