सुरक्षा सतर्कता बढाऊन सरकारलाई आयोगको माग

२ मंसिर २०७४, शनिबार ०२:१०

मंसिर २, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिदै गर्दा उम्मेद्वारमाथी शृंखलाबद्ध बम आक्रमणका घटना भएपछि निर्वाचन आयोगले सरकाारलाई थप सुरक्षा सतर्कता अपनाउन माग गरेका छन् ।

मंसिर १० र २१ गते सम्पन्न हुने उक्त निर्वाचनका लागि उम्मेद्वारहरु चुनावी प्रचारप्रसारका लागि हिडेका बेला आक्रमणका घटनाहरु बढिरहेको छ । निर्वाचनका लागि सरकारले बनाएको सुरक्षा योजनाप्रति आयोग विश्वस्त छ, आयोगले शुक्रबार विज्ञप्तिमार्फत भनेको छ । तर, हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेद्वारहरुले शान्तिपूर्ण रुपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताको भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधाव्यवधान भएकाले त्यसले आयोगलाई स्तब्ध तुल्याएको छ ।
आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न अहोरात्र क्रियाशील रहेको विज्ञप्तिमा जनाएको छ ।

 

आयोग यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा लाग्नसमेत सबैलाई आग्रह गरेको छ । बेलैमा थप सुरक्षा सतर्कता अपनाउन आयोग सरकारलाई हार्दिक आग्रह गर्छ । साथै यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेद्वार, मतदाता, एवं निर्वाचन सरोकारवालासँग आयोग अनुरोध गर्छ । आयोगले भनेको छ ।

 

आयोग जनताको शान्ति र समृद्धिको चाहानालाई सम्मान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको मध्यमबाटै शान्तिपूर्ण रुपमा आफ्ना गतिविधि अगाडी बढाउन असन्तुष्ट पक्षलाई आग्रह पनि गरेको छ । आयोगले भनेको छ, जनचाहनाविपरीत गतिविधि सञ्चालन नगर्न, नगराउन सम्बद्ध सरोकारवालालाई आयोग निर्देश गर्छ ।  शुक्रबार मात्रै दुई जना उम्मेद्वारमाथी आक्रमण भएको छ । पूर्वसभामुख समेत रहेकी नेकपा माओवादी केन्द्रकी समानुपातिक उम्मेद्वार ओनसरी घती र नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं.१ का उम्मेद्वार रामशरण महत चढेको गाडीमा लक्षित गरी बम आक्रमण भएको हो ।    प्युठानबाट रोलपको लिवाङ जाँदै गरेकी घर्तीमाथी रोल्पा नगरपालिकाको भदौरे जंगलमा पुग्दा आक्रमण गरिएको थियो । यस्तै महत चढेको गाडीलाई लक्षित गरी हानिएको बम अर्को गाडीमा परेको थियो । बल लागेर बा १६ च ६६५ नम्बरको गाडी पूर्ण रुपमा क्षति भएको छ भने ४ जना घाईते भएका छन् ।