सिन्धुपाल्चोक १ मा दुई शीर्ष नेताबीच कडा प्रतिस्पर्धा, दुवैले आफु जित्ने दाबी

१० मंसिर २०७४, आईतवार ०७:१७

मंसिर १०, काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन देशभर भइरहेको बेला सिन्धुपाल्चोक जिल्लामा पनि दुई मन्त्रीबीच चर्को प्रतिस्पर्धा रहेको छ । आज मतदान प्रक्रिया संगै आ–आफ्नै पक्षमा मत खसेको दाबी गदैृ आइरहेका छन् । त्यस्तै लिसंखु गाउँपालिका अन्र्तगत सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा सदस्य १ का प्रत्यक्षतर्फका उम्मेद्वार वाम गठबन्धनबाट पूर्वमन्त्री अग्नीप्रसाद सापकोटा र लोकतान्त्रिकका उम्मेद्वार बहलवाला सञ्चार मन्त्री मोहन बस्नेतको भाग्य रेखा आजको मतदानले कोर्दै छ ।

उक्त गाउँपालिका वडा नं. २ मा जम्म २१५१ रहेको मतदातामध्ये विहान ७ बजेदेखि १२ बजेसम्म मतदान गर्दा ९८० मत खसाईसकेको स्थानीय रामचन्द्र सुन्दासले जानकारी दिए ।  शान्तिपूर्ण रुपले मतदान भईरहेको जनाउँदै त्यस क्षेत्रमा अग्नीप्रसाद सापकोटा र मोहन बस्नेतवीच प्रतिस्पर्धामा सापकोटाको पक्षमा बढि मत खसेको दावी गर्दै आएको छ ।
त्यस्तै प्रदेश सभा १ मा वाम गठबन्धनका अरुण नेपाल २ मा सरेस नेपाल उम्मेद्वार रहेका छन् भने लोकतान्त्रिकबाट १ मा विष्णु खत्री र २ मा राजेन्द्र श्रेष्ठ रहेका छन् । वाम गठबन्धनका समानुपातिक उम्मेद्वार माईली तामाङकै वडा भएकाले त्यस वडाको भोट वामलाई नै जाने अनुमान गरिएको छ ।