समृद्ध चितवनका लागि प्रचण्डको महत्वकांक्षी घोषणापत्र

२९ कार्तिक २०७४, बुधबार ०३:३०

कात्तिक २९, काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेद्वार प्रचण्डले चितवनको विकासका लागि आफ्नो प्रतिबद्धतापत्र र्साजनिक गरेका छन् । निकै महत्वकांक्षी घोषणापत्रमा मोनो रे सञ्चालन, फ्लाइओभर रिंगरोड बनाउने, रंगशाला निर्माण जस्ता योजना अघि सारिएको छ ।

भरतपुरमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनबाट प्रचण्डाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा चितवनमा मेट्रो र मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाईने उल्लेख छ । मेघौलीमा रहेको विमानस्थालको स्तरोन्नती गरी सञ्चालनमा ल्याईने बुँदालाई पनि महत्वका साथ राखिएको छ । त्यस्तै भरतपुर मेघौली सडक यातायातलाई २०÷२५ मिनेटमा ओहोर–दोहोर गर्न सक्ने ढंगले स्तरोन्नती गर्न सक्ने उल्लेख गरेको छ । अन्य स्थानीय सडक निर्माणलाई पनि प्राथामिकता राखिएको छ ।

नवलपुर खण्डसँग जोडिने समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा थप तीनओटा पुल निर्माण, नारायणी र राप्ती नदीमा तटबन्धन गरी फराकिलो रिंगरोड निर्माण, पूर्वी चितवनको कयर खोला र राप्ती नदीमा समेत तटबनधन गरी सडक निर्माण गरिने घोषणपत्रमा उल्लेख छ । भूमिको खेतीयोग्य औद्योगिक क्षेत्र र आवास क्षेत्रका रुपमा वर्गीकरणको नीति लिइने घोषणापत्रमा लेखिएको छ । शारदानगरमा अन्र्तराष्ट्रियस्तरको खेलकुद रंगशाला निर्माण गरिने पनि जनाइएको छ ।

अध्यक्ष प्रचण्डले विशेषता निकुञ्जमा सुरुङमार्ग वा फ्लाईओभर निर्माण, रोजगार योजना, आवास योजना, औद्योगिक नगरी स्थापना, पर्यटकीय नगरी, चितवन मेडिकल राजधानी जस्ता विकासका एजेण्डा लिएर आफ्नो चुनावी मैदानमा उत्रिएका छन् । –नयाँ पत्रिकाबाट