समुन्नत राष्ट्र निर्माणको अभियानमा गठबन्धन : पूर्वसभामुख नेम्वाङ

कात्तिक २३, काठमाडौं। पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँच वर्षसम्म स्थिर सरकार बनाउन र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा बहुमत दिन आग्रह गरेका छन् ।

इलाम क्षेत्र नं २ अन्तर्गत आज बिहान चमैताको बाघखोरमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त क्षेत्रको उम्मेदवार रहेका उनले संविधानले सुनिश्चित गरेको जनताका अधिकारलाई अब वाम गठबन्धनले कार्यान्वयनमा ल्याउने बताए ।

समुन्नत राष्ट्रको परिकल्पनाका लागि पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउनुपर्नेमा जोड दिँदै पूर्व सभामुख नेम्वाङले मुलुकको दिगो विकास र समृद्धिका लागि गठबन्धनको घोषणापत्रमा उल्लेख भएबमोजिम नै अघि बढ्ने विचार व्यक्त गरे । विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै नेम्वाङले भने, “क्षेत्र नं २ का जनताको समृद्धि र विकास चाहेको छु, तपाईंहरू निर्वाचित गर्नुस् म विकास गरेरै छाड्छु ।” (रासस)


प्रकाशित | २०७४ कार्तिक २३ प्रकाशित १२:१४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ