शीर्ष नेतामाथि बागीको बाढी, को–को छन् शीर्ष नेताका बागी ?

कात्तिक १८, काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा केही शीर्षस्थ नेतालाई बागी उम्मेदवारी एैंजेरु बनेको छ ।

बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक पनि थुप्रै त्यस्ता उम्मेदवारीको सामना गर्नुपरेको छ । कांग्रेस मात्रै होइन, एमाले, माओवादी केन्द्र, संघीय फोरम, राजपालगायत दलमा समेत बागीको संख्या बढेको छ । उम्मेदवारसँगभन्दा पनि पार्टीका शीर्ष नेतासँगको असन्तुष्टिका कारण बागी उम्मेदवार बढेको नेताहरू बताउँछन् ।

यसपटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमडण्लका सदस्य अनिल झा, माओवादी नेता हरिबोल गजुरेललगायतविरुद्ध बागी उम्मेदवार खडा भएका आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

कुन प्रमुख नेताका को छन् बागी
१. काठमाडौं २ माधवकुमार नेपालविरुद्ध एलपी श्रेष्ठ
२. तनहुँ १ रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी
३. महोत्तरी ३ महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झा
४. सप्तरी २ उपेन्द्र यादवविरुद्ध जयप्रकाश ठाकुर
५. दैलेख १ दीपक शाहीविरुद्ध गणेशबहादुर खड्का
६. कैलाली ५ डा. आरजु राणाविरूद्ध क्षितिज भण्डारी
७. सल्यान टेकबहादुर बस्नेतविरुद्ध उमाकान्त शर्मा
८. सिन्धुली २ हरिबोल गजुरेलविरुद्ध रामकुमार पौडेल
९. सिन्धुली १ गणेश पहाडीविरुद्ध कुमारबहादुर कार्की
१०. बारा ३ ज्वालाकुमारी साहविरुद्ध भरत खड्का
११. रुपन्देही ५ क भूमिश्वर ढकालविरुद्ध मीनप्रसाद घिमिरे
१२. रौतहट १ अनिल झाविरुद्ध बबन सिंह


प्रकाशित | २०७४ कार्तिक १८ प्रकाशित ०२:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ