वाम गठबन्धनलाई हराउन सुनियोजित षड्यन्त्र भएपनि प्रत्यक्षतर्फ आफूहरुले १०५ जित्ने नेता पोखरेलको दावी

१४ मंसिर २०७४, बिहीबार १०:५१

मंसिर १४, काठमाण्डौं ।
नेकपा एमालेका महासचिव एवं काठमाडौं क्षेत्र नम्बर– ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफूहरुले १०५ सिट जित्ने दाबी गरेका छन् । राजधानीमा आज आयोजीत एक कार्यक्रममा बोल्दै नेता पोखरेलले पहिलो चरणको ३७ मध्ये ३२ क्षेत्रमा वाम गठबन्धनले जित्ने दावी समेत गरेका छन् । काठमाडौंका सबै क्षेत्रमा आफूहरुले जित्ने जिकिर पनि उनले थियो । उम्मेदवारलाई लक्षित गरी बम विस्फोट हुँदा पनि सरकार भने गैरजिम्मेवार ढंगले रहेको उनको आरोप छ । उनले वाम गठबन्धनलाई जित्न नदिनका लागि सुनियोजितरुपमा षड्यन्त्र भइरहेको दाबी पनि गरे ।