वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

मंसिर १४, धनगढी । कैलाली क्षेत्र नंं २ का ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ ।

आगजनी कसले गर्यो भन्ने’bout थाहा हुन सकेको छैन ।  प्रहरीले आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको घिमिरेले जनाएका छन् ।


प्रकाशित | २०७४ मंसिर १४ प्रकाशित ०४:५३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ