लोकमान किन आए नेपाल ?

४ मंसिर २०७४, सोमबार ०७:५७

मंसिर ४, काठमाण्डौं ।
९ महिना लामो क्यानडा बसाईपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की स्वदेश फिरेका छन् । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका कार्की मंसिर १ गते भारतको दिल्ली हुदैं काठमाडौँ आएको वुझिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

स्रोतका अनुसार कार्की अब क्यानडा नफर्कने गरी नेपाल आएका हुन्। कार्कीसँगै श्रीमती सुनीता पनि नेपाल फर्किएको स्रोत बताउँछ ।

अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त भएसँगै कार्की क्यानडा पुगेको थिए । २०७३ पुस २४ गते सर्वोच्च अदालतले कार्कीको योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन मार्फत कार्कीको नियुक्ति बदर गरेको थियो। संसदमा महाभियोग विचाराधीन रहेकै अवस्थामा कार्की पदमुक्त भएका थिए । अदालतको फैसला कार्यान्वयनसँगै २०७३ माघमा कार्की नयाँ दिल्ली हुँदै क्यानडा प्रस्थान गरेका थिए । क्यानडा जानुअघि उनी केही दिन दिल्ली बसेका थिए ।