राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट, ५ फिट पर्खल भत्कियो

९ मंसिर २०७४, शनिबार ०४:०१

मंसिर ९, सर्लाही । पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ ।

 


आज(शनिबार) बिहान ५ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो ।

विष्फोटमा मानवीय क्षति नभएको र ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका प्रेस संयोजक कृष्ण प्रसाद थपलियाले जानकारी दिए ।

घर पछाडी पट्टी थोत्रा सामान राख्ने ठाउँ नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा सिलभरका टुक्राहरु भेटिएको र विष्फोटमा संलग्नहरुको खोजी तीव्र पारिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।

बिहानै ठुलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए ।