राज्यबाट न्याय पाएन अब जनता जनताले न्याय दिनेछन् : पूर्व डिआईजी सिलवाल

१७ कार्तिक २०७४, शुक्रबार ०१:५५

कात्तिक १७, काठमाडौं । दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्व डिआईजी नवराज सिलवाल विहिवार अपरान्ह साढे दुईबाजे निर्वाचन आयोग कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले स्यालुट ठोके । हात उठाएर प्रहरी हाकिमकै शैलीमा स्यालुट फिर्ता गर्दै उच्च अधिकारीसँग हात मिलाए ।
निर्वाचन कार्यालयको मूल गेटबाट भित्र छिर्नेबित्तिकै उनलाई अन्य प्रहरी पनि स्यालुट ठोके तर उनले हात उठाएर अभिवादन गर्दै व्यंग्यात्मक शैलीमा भने मसँग हात मिलाउदा फेरी सरुवा होला नि । प्रहरी प्रमुख बन्न अदालतको ढोका ढकढक्याउँदा सफल नभएपछि राजीनामा दिएर नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएको सलिवालले ललितपुर–१ बाट प्रतिनिधिसभातर्फ उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

सिलवाललाई स्यालुट गरेकै कारण उनको निर्वाचन क्षेत्रअन्र्तगत पर्ने महानगरीय प्रहरी वृत्त चापागाउँको डिएसपी आभूषण तिमल्सिनाको सरुवा भएको एमाले वृत्तमा चर्चा छ । यो चर्चासँगै मनोनयनका क्रममा उनले प्रहरी अधिकारीमार्फत व्यंग्य गर्दै सरुवाको प्रसंग निकाले । तथापि सुरक्षा निकाय र प्रतिस्पर्धी दल काँग्रेस भने सिलवालका कारण तिमल्सिना सरुवा नभई प्रक्रियागत सरुवा भएको बताईरहेका छन् ।
सिलवालले आफूमाथि राज्यले अन्याय गरेकाले जनताबाट न्याय पाउन चुनावी मैदानमा उत्रिएको प्रतिक्रिया दिए । उम्मेद्वारी दर्तापछि कुरा गर्दै उनले भने– ममाथि राज्यसत्ताले अन्याय ग¥यो, प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत प्रतिशोध साँधेर प्रहरी संगठन नै सिध्याउने खेल खोजे, राज्यबाट न्याय नपाएपछि जनता समक्ष जाने मौका दिएको छ । मलाई जनताले न्याय दिनेछन् ।
उनको प्रतिस्पर्धा काँग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदयशमशेर जबरासँग हुदै छ । सिलवालसँगै मनोनयनका लागि निर्वाचन कार्यालय पुग्दा सिलवालले बस्ने कुर्सी पाए तर राज्यमन्त्री राणाले पाएनन् । उनी मनोनयनका लागि आफ्नो पालो नआउन्जेल उभिए । सिलवाल भने बस्ने कुर्सीमा व्यस्था थिए ।
तरुण दलका पूर्व अध्यक्ष समेत रहेका राणाले दोस्रो संविधान सभा निर्वाचनमा एमाले नेता मधुसुदन पौडेललाई पराजित गरेका थिए । त्यसअघि माओवादी केन्द्रका ने्ता वर्षमान पुनको पोल्टामा गएको यस क्षेत्रमा यसपटक भने पूर्व डिआईजी सिलवालवीच रोचक भिडन्त हुने देखिएको खबर आजको राजधानीमा छापिएको छ ।