राजकीय सम्मानबिनै पूर्वप्रधानमन्त्री विष्टको अन्त्येष्टि

२६ कार्तिक २०७४, आईतवार ०१:०२

कात्तिक २६, काठमाडौं । तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्री परिषदका उपाध्यक्ष भएका कीर्तिनिधि विष्टको शनिवार विहान साढे १० बजे निधन भएको छ । उनको ९० वर्षको उमेरमा आफ्नै निवास काठमाडौंको ज्ञानेश्वरमा निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर पीडित थिए । उनी करिब एक वर्षदेखि ओछ्यानमै आराम गरिरहेका थिए । जीवनको अन्तिम क्षणमा आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छानुसार राजकीय सम्मानविना शनिवार नै अन्त्येष्टि गरिएको छ । राष्ट्रवादी, विवादरहित छवि र साधारण जीवनशैली बिताउँदै आएका पूर्वप्रधानमन्त्री विष्टको निधनपछि शनिबार परिवारका सदस्यले आफन्त र शुभेच्छुकलाई खबर नै नगरी सामान्य तरिकाले आम सर्वसाधारण जस्तै गरी अन्त्येष्टि गरे ।

राजा महेन्द्र शासनकालमा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि राजा विरेनद्रको पालामा दुई पटक सरकारप्रमुख बनेका थिए । दत्यसपछि राजा ज्ञानेन्द्रले उनलाई तुल्सी गिरीपछि दोस्रो वरियताका मन्त्रिपरिषदका उपाध्यक्ष बनाएक थिए ।

विष्टलाई पञ्चयतकालको निष्कलंक प्रधानमनत्रीका रुपमा समेत हेरिने गरेको छ । उनले कहिल्यै पद र प्रतिष्ठको लोभ गरेनन् । २५ असार २०३० सालमा आगलागीमा सिहंदरबार जलेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको विषयलाई अहिले पनि राजनीतिक इमानका रुपमा चर्चा हुने गर्दछ ।   उनको यो निर्णयबाट राजा विरेन्द्रले आश्चर्य प्रकट गरेका थिए । उनलाई उनलाई राजीनामा गर्न भने पनि उनले घटनाको जिम्मेवारी लिदैँ आफ्नो राजीनामा कायम राखेका थिए ।