यातायातका कर्मचारीविरुद्ध नौ करोडको भ्रष्टाचार मुद्दा

मंसिर १३, काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीका पाँच कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायरा गरेको छ ।

आयोगले मंगलबार दुई उपसचिब, दुई लेखापाल, र एक सहलेखापालविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले करिब नौ करोड रुपैयाँ हिनामिना आरोपमा सोही बमोजिम बिगो दाबी कायम गरेको छ ।  आयोगले उपसचिव होमनाथ भट्टराई सँग १४ लाख पाँच हजाार ८७३ रुपियाँ बिगो दाबी गरेको छ । यस्तै अर्को उपसचिव विष्णुप्रसाद पौडेलसाग आठ करोड ८२ लाख ११ हजार १९ बिगो माग दाबी गरेको छ ।  यस्तै लेखापाल सुरेश अधिकारी, मणिराज दाहाल र सहलेखापाल टंकबहादुर खड्कासँग कर्मचारीले जनही आठ करोड ९६ लाख रुपियाँ विगो माग दाबी लिएको छ ।

आयोगले आरोपित कर्मचारीले आर्थिक वर्ष २०६९÷०७० देखि २०७०÷०७१ सम्म संकलित राजस्वमध्ये आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ रकम दाखिला गरेको ठहर गर्दै कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो ।  आयोगको अनुसन्धानअनुसार आर्थिक वर्ष २०६९÷०७ मा ४८ करोड आठ लाख ४८ हजार ३७ रुपियाँ राजस्व संकलन भएकोमा १४ लाख पाँच हजार ३७ कम रकम दाखिला गरिएको उल्लेख छ । यस्तै आर्थिक वर्ष २०७०÷७१ मा ६१ करोड २६ लाख ३ हजार १ सय ७३ राजस्व संकलन भएकोमा ५२ करोड ४४ लाख ७१ हजार ९३ रुपियाँ मात्र दाखिला गरिएको छ । उक्त आर्थिक वर्षमा आठ करोड २ लाख ११ हजार १८९ रुपियाँ कम दाखिला गरेको आरोप अख्तियारको छ ।

 

दुई आर्थिक वर्षमा आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ राज्यकोषमा जम्मा हुनुपर्ने रकम हिनामिना गरेको आरोप पाँच कर्मचारीमाथी लगाइएको छ । आयोगले कर्मचारीमाथी भ्रष्ट्रचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम जरिवानाको माग गरेको छ । यस्तै ऐनको दफा २ (१) अनुसार प्रतिवादीलाई कैद सजायको पन माग दाबी अख्तियारले गरेको छ । –गोरखापत्र


प्रकाशित | २०७४ मंसिर १३ प्रकाशित ०३:५६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ