यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिन्छ-नेता पुन

१३ मंसिर २०७४, बुधबार १०:१६

मंसिर १३ ,दाङ ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन्।

घोराहीमा आज प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त गरेको पत्रकार सम्मेलनमा नेता पुनले हिजोसँगै हतियार उठाएका मित्र नेत्रविक्रम चन्द समूहले अहिले गलत  समयमा फेरि हतियार उठाएको गुनासो गरे ।पुनले हिजो हतियार उठाउन आवश्यक र्भ अनुसार नै संगै हतियार उठाएको स्मरण गर्दै अहिल्य त्यसको सान्र्दभिक्ता कम भएको धारणा व्यक्त गरे ।  उनले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने भन्दै नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको बताए ।  नेकपाका गतिविधि आपराधिक र अराजनीतिक तर्फ माडिरहेको बताउदै पुनले हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट नभएपनि अहिले सभाबाट बम हान्न सुरुगरिनु अराजनीतिक काम भएकोे टिप्पणी गरेका छन् । सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन् ।