मोनाली ठाकुरको कन्सर्ट काठमाण्डौमा

हिले बलिउडका कलाकार, गायक-गायिकाहरु नेपाल आउने क्रम जारी छ । बलिउडका स्टारदेखि चर्चित गायक-गायिकाले नेपाली दर्शक झुमाइसकेका छन् ।

अब, चर्चित गायिका मोनाली ठाकुरले पनि काठमाण्डौ तताउने भएकी छिन् ।   डिसेम्बर ९ तारिखमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीत गाउनेछिन् । पर्फ]{ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमाण्डौको डेजा भू क्लबमा आयोजना हुनेछ । बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ । यो कार्यक्रममा नेपाली चलचित्रका नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुती रहनेछ ।

साथमा, नेपालका केही चर्चित ब्याण्डले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । मोनालीका ‘मोह मोहके धागे, बद्री कि दुल्हनिया, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी’ लगायतका गीत चर्चित छन् ।


प्रकाशित | २०७४ मंसिर ९ प्रकाशित १०:४५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ