माधव नेपालको घर दैलो सुरु, नागरिकद्धारा भव्य अभिनन्दन

३ मंसिर २०७४, आईतवार १४:४२

मंसिर ३, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले) का बरिष्ठ नेता माधव कुमार नेपालले चुनावी घर दैलो कार्यक्रम आरम्भ गरेका छन् ।

उनले काठमाडौं महानगरपालिका वडा नम्बर ९ बाट औपचारिक रुपमा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । एक पटक सबै वडामा संयुक्त कार्यकर्ता भेला, वुद्धिजिवी, भेला, महिला र युवा तथा विद्यार्थीहरुको भेला सम्पन्न गरेपछि नेता नेपालले औपचारिक रुपमा घरदैलो आरम्भ गरेका हुन् । उनको घर दैलो कार्यक्रममा सौयौं नागरिकहरुको सहभागीता रहेको थियो ।

 

वडा नम्बर ९ को घर दैलो कार्यक्रममा नागरिकको उपस्थिती र समर्थन देखेर आफु थप उत्साहित भएको नेता नेपालले बताए । ‘मैले एक चरण सबै वडाका अगुवा कार्यकर्तादेखि बुद्धिजीवी र नागरिक समाजका अगुवासँग छलफल गरिसकेको छु, आजबाट औपचारिक रुपमा घर दैलो कार्यक्रम सुरु गरेँ, नागरिकहरुको उपस्थिती र समर्थन देखेर म थप उत्साहित भएको छु’, नेता नेपालले भने । उनले आइतबार नै थलीमा युवा खेलाडीहरुसँग छलफल गर्ने कार्यक्रम राखेका छन् । काठमाडौंको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेता नेपाल काँग्रेस उम्मेदवार भन्दा ९३०१ मतले अगाडी रहेका छन् ।