भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन

मंसिर ८, भक्तपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ।

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो। निर्वाचन कार्यालयका प्रमुख उमेश राईले आयोगले जारी गरेको आचारसंहिता विपरीत विभिन्न दललाई जिल्लाका अधिकांश क्षेत्रमा राखेका तुल तथा ब्यानर हटाउन र अब नटाँस्न निर्देशन दिए पनि निर्देशनको अवज्ञा गर्दै आएको बताए।

 

चुनावी मैदानमा उत्रिएका नेकपा ९एमाले०, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी लगायतका दलले आचारसंहिता उल्लंघन गरेको कार्यालयको भनाइ छ।  निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले कालोसूचीमा राख्नेदेखि रु एक लाखसम्म जरिवाना गर्न सक्ने तथा उम्मेदवारको उम्मेदवारी खारेजसमेत गर्नसक्ने अधिकार आयोगलाई छ।   यसैगरी लगातार आचारसंहिता उल्लंघन गर्नेलाई आगामी पाँच वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्नसक्ने व्यवस्था पनि छ। रासस


प्रकाशित | २०७४ मंसिर ८ प्रकाशित ०५:०४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ