बाज्रिल फुटबलका समर्थकहरुलाई झट्का

८ मंसिर २०७४, शुक्रबार ०६:२४

मंसिर ८ ,एजेन्सी ।
बाज्रिल फुटबलका समर्थकहरुलाई यो खवरले पक्कै पनि झट्का दिन सक्छ ।

हो, यतिखेर ब्राजिलियन फुटबलर रोबिन्होलाई सामुहिक बलात्कारमा दोषी ठहर गर्दै इटालीको एक अदालतले ९ वर्ष जेल सजाय सुनाएको छ । योसंगै रोबिन्होका सर्मथकहरु निराश भएका हुनसक्छन् ।

३३ वर्षीय रोबिन्होलाई सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै दोषी ठहर गरेसंगै बाज्रिलीयन फुटवलमा नराम्रो झट्का लागको छ । अदालतले उनीसँगै उक्त घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको बीबीसील जनाएको छ । अपिल प्रकिया जारी रहेसम्म जेल सजाय भने पर्खाइको सुचिमा राखिएको बुझिएको छ ।

मिलान फूटबल क्लबकालागी पाँच वर्ष समय खर्चेका रोबिन्होले सन् २०१५ मा क्लब छाडेका थिए । २२ वर्षीया ती महिलालाई डिस्कोबाट निस्केपछि उनीहरुले बलात्कार गरेको अदालतको ठहर छ ।

अहिले ब्राजिलको क्लब एथ्लेटिको मिनेइरोमा आवद्द रहेका रोविनहोले आफू घटनामा संलग्न नभएको दावी गर्दै आएका छन् ।उनी मुद्दाको सुनुवाइमा पनि अदालतमा उपस्थित थिएनन् ।

उनको इन्स्टाग्राम पेजमा राखिएको विज्ञप्तिमा उनले घटनामा आफू संलग्न नभएको र यसबारे केही वर्ष अघि नै डिफेण्ड गरिसकेको उल्लेख गरिएको छ ।