बढी धुवाँ फाल्ने गाडीमाथी कारबाही, हरियो स्टिकर टाँसिएका सवारी साधन मात्र चल्न उपयुक्त

कात्तिक २७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापदण्डभन्दा बढी कालो धुवाँ फाल्ने ४८५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।


महाशाखाले एक महिना अगाडी असोज २५ गतेबाट धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही गर्न सुरु गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रन्जितकारका अनुसार एक महिनामा महाशाखाले बढी धुवाँ फाल्ने गाडीको निगरानी गरी कारबाही बढाएको छ । उनले प्रदूषण मापन गरी स्टिकर दिने र बढी धुवाँ फाल्नेलाई महाशाखाले कारबाही सरु गरेको बताए ।    परीक्षण गरेर चलाउने मिल्ने र यान्त्रिक गडबढी नभएका सवारीसाधनलाई हरियो स्टकर दिने व्यवस्था गरिएको छ । हरियो स्टिकर टाँसिएका सवारी साधन सडकमा चल्न उपयुक्त तथा योग्य रहेका छन् भन्ने जानकारी दिन हरियो स्टिकर लगाउने गरिन्छ ।   यातायात व्यवस्था विभागले सवारी प्रदूषण मापन गरी चलाउन सकिने सवारीलाई हरियो स्टिकर दिदैँ आएको छ ।

 

हरियो स्टिकर दिने बेला लापरवाही हुदाँ मानिसको स्वास्थ्यलाई नै असर पार्ने गरी काले धुवाँ फाल्नेले पनि स्टिकर पाएका छन् । एक महिनामा गरेको कारबाहीको संखयाले समस्या निकै बढेको देखिएको महाशाखाको भनाई छ । मेलम्ची खानेपानी आयोजनाले भत्काएर धुलाम्मे बनाएको सडक र हानिकारक धुवाँ फाल्दै गुड्ने सवारी साधनले उपत्यकाको सौन्र्दय नै कुरुप बनाएको छ । महाशाखाले काठमाडौं उपत्यकालाई सुन्दर र स्वच्छ बनाउन विभिन्न पहल गरिरहेको प्रवक्ता रन्जितकार बताउँछन् ।   ट्राफिक जाम, धुवाँ र सवारी साधनको कर्कस आवाज नियन्त्रण गर्न महाशाखाले प्रयास गरिरहेको उनले बताए । ठमेल क्षेत्रलाई सवारीमुक्त क्षेत्र घोषणा भएको छ ।


प्रकाशित | २०७४ कार्तिक २७ प्रकाशित ०३:५२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ