प्रेम सुवाल भन्छन् , “देश र जनताका हितमा काम नगर्नेलाई भोट नदिनुस्”

मंसिर ११, भक्तपुर ।

देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालको भनाई छ ।

सरकारमा जाने सरकारमा जानका लागि मात्र चुनाव जित्न गठबन्धन गर्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले जनताको घरदैलोमा गएर भोट माग्ने अधिकार नभएको जिकिर सुवालको थियो ।अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा चाँगुनारायण नगरपालिका–९ ताथलीको बाला टोलमा मतदाता समक्ष बोल्दै नेता सुवालले जसरी पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेकाले जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत नभएको बताए ।

तर जनताको हितमा कुनै पनि नीति नबनाउने, भ्रष्टाचारलाई बढावा दिने र राजनीतिमा गुण्डागर्दी भित्र्याउने चरित्रका ती दललाई भोट दिनुको औचित्य नभएको चर्चा गर्दै उनले उनीहरु कुन नैतिकताले जनताको घरमा पुगिरहेका छन् भन्ने मतदाताले बुझ्नु आवश्यक रहेको बताए ।


प्रकाशित | २०७४ मंसिर ११ प्रकाशित ०९:४१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ