प्रहरीमा ४ एआईजीको दरबन्दी थप

२८ कार्तिक २०७४, मंगलवार ०३:०३

कात्तिक २८, काठमाडौं । सरकारले नेपाल प्रहरीमा ४ अतिरिक्त महानिरिक्षक –एआईजी) को दरबन्दी थपेको छ । सोमबार बसकेो मन्त्रीपरिषदको बैठकले निर्वाचन आयोगको स्वीकृतिमा एआईजीको दरबन्दी थपेको हो ।

दरबनदी थपसँगै प्रहरीमा अब एआईजीको संख्य १६ पुगेको छ । २०५५ सालअघि प्रहरीमा एआईजीको संख्या २ मात्रै थियो । तर त्यसपछि भने रानीतिक भागवण्डा र दलिय आस्थाका आधारमा निकट व्यक्तिलाई बढुवा गर्नकै लागि एआईजी सहित उपल्लो तहको दरबन्दी बढाउँदै लैजाने गलत संस्कार विकास हुदै आएको छ । सोमबार दरवन्दी थप निर्णय पनि त्यसकै निरन्तरता भएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन् । यो संगै प्रहरी अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान, महानगरीय प्रहरी कार्यालय, विभाग र ७ प्रदेश प्रहरी प्रमुखसहित एआईजीले नेतृत्व गर्ने कार्यलयको संखया १६ पुगेको छ ।

दरबन्दी थपिएसँगै २०४४ साल चैतमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका हेमन्तबहादुर पाm, मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ र माधवकुमार नेपाललाई एआईजी बढुवामा सिफारिस गरेको छ । सिफारिसमा परेका चारैजना अधिकारी प्रहरी महानिरिक्षक प्रकाश अर्यालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन् । गहृमन्त्रालयका अनुसार लोकसेवा आयोग र निर्वाचन आयोगको सहमतीमा एआइजीको दरबन्दी थप र बढुवा सिफारिस गरेको हो ।

बढुवामा दावेदार डिआईजीद्वय गोविन्द निरौला र रोमेन्द्रसिंह देउजा भने बढुवामा परेनन् । उनीहरुसमेत आईजीपी अर्यालकै ब्याजी हुन् । यस अघि महानगरिय प्रहरी कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा विभाग स्तरका कार्यालय गरी ७ स्थानमा मात्रै एआइजीको दरबन्दी कायम गरिएको थियो । तर मुलुक ७ प्रदेशको संघिय अवधारणामा गएपछि हरेक प्रदेशमा विशिष्ठ श्रेणीका प्रहरीलाई पठाउने निर्णयपछि संखया थपिएको थियो । –कारोबार दैनिकबाट