प्रचण्डलाई बाँदरमुढे घटनाप्रति पश्चाताप

१९ कार्तिक २०७४, आईतवार ०१:३४

कात्तिक १९, चितवन । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँदरमुढे घटनाप्रति माडी पुगेर पश्चाताप गरेका छन् । उनले त्यो ‘जनयुद्ध’ कालकै सबैभन्दा ठूलो गल्ती भएको बताएका हुन् ।

घटनाको १२ वर्षपछि माडी पुगेर अध्यक्ष प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबन आयोगले दोषी ठहर गरे जो कोही पनि कारबाहीको भागीदार हुने बताएको खबर आजको हिमालय टाइम्समा प्रकाशित छ ।

शनिबार ‘दिवाकर–तीर्थकुमार भुसाल’ स्मृति खुला भलिबल प्रतियोगिता उद्घाटन गर्न माडी पुगेका अध्यक्ष प्रचण्डले घटनाका दोषलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन दिएको जिकिर गरे ।