प्रकाश दाहालको शव पेरिसडाँडा लगियो

३ मंसिर २०७४, आईतवार ०७:२४

मंसिर ३, काठमाण्डौं ।

आज विहान हृदयघातबाट निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको निधनसंगै त्रिपुरेश्वरस्थित नर्भिक अस्पतालबाट प्रकाशको शव पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिए अनुसार ४ बजे उनको शव आर्यघाट पुर्याइने छ ।

यस अघि उपचारको लागी थापाथलीस्थित नर्भिक अस्पताल परिसरमा ठूलो भिड लागेको थियो । प्रकाश दाहालका पिता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रकाशका पत्नीहरु विना मगर र सृजना त्रिपाठी पनि अस्पताल पसिरमा थिए । साथै अन्य राजनीतिक दलका नेताहरु पनि अस्पतालमा पुगेका थिए ।

पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छोराको मृत्युसंगै नजिकीदो चुनावमा केहि झट्का लाग्ने देखिन्छ । छोराको निधन भएपछि दाहाल आजै चुनाव प्रचारको कार्यक्रम छाडेर झापाबाट काठमाडौँ फर्किएका हुन्। प्रचण्डसँगै रेणु दाहाल पनि सँगै नर्भिक अस्पताल पुगेकी थईन् । प्रकाशका पत्नीद्वय सृजना त्रिपाठी र बिना मगर अस्पताल पुगेका थिए । पतिको निधनको खबरले सृजना बेहोस भएकी छन् । दाहालका चार सन्तानमध्ये छोरी ज्ञानुको क्यान्सरबाट निधन भइसकेको छ । छोरा प्रकाशको पनि ३६ वर्षको उमेरमा अल्पायुमै निधन भएको हो । नर्भिक परिसरमा माओवादी केन्द्रसहित, एमाले र कांग्रेस नेताहरुको समेत उपस्थिति रहेको थियो । शुभचिन्तक, आफन्त तथा सर्वसाधरणको नर्भिक अस्पताल परिसरमा ठूलो भिड लागेको थियो ।