प्रकाश दाहालको निधन लगतै बाबु प्रचण्ड र पत्नी बिना काठमाण्डौं फर्के,नेता भट्टराई आउदैं

मंसिर ३ ,काठमाण्डौं ।
हृदयघातबाट निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालकी पत्नी विना मगर त्रिपुरेश्वरस्थित नर्भिक अस्पताल पुगेकी छिन्। कञ्चनपुरमा वाम गठबन्धनतर्फबाट चुनावी मैदनामा रहेकी विना हतासिँदै अस्पताल पुगेकी हुन् । उनी दौडिँदै पतिको अवस्था बुझ्न नर्भिक अस्पताल पुगेकी हुन्विनाका पति प्रकाशको आज बिहान निधन भएको हो। प्रकाशका बाबु पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चुनावी अभियानमा झापामा रहेका थिए। उनी पनि काठमाण्डौं फर्किँसकेका छन्। श्रीमती विना र बाबु प्रचण्ड आजै कञ्चनपुरबाट काठमाडौं आइपुगेका हुन्। यता गोरखामा क्षेत्र नम्बर २ मा चुनावी प्रचारमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई काठमाडौं फर्कने तयारीमा छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधनको खबर पाएपछि भट्टराई श्रद्धाञ्जलि तथा प्रचण्ड परिवारलाई समवेदना दिन काठमाडौं फर्किन लागेका हुन्।

माओवादी परित्याग गरिसकेका भट्टराईविरुद्ध प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओलीले गोरखामा संयुक्त सभा आयोजना गरेका थिए। जनयुद्धका सहयात्री भएका नाताले पनि भट्टराई श्रद्धाञ्जलिका लागि काठमाडौं आउने तयारीमा रहेका हुन्। बाबुरामका सहयोगी रमेश भट्टराईले दिएको जानकारी अनुसार अन्त्यस्टिको समय तय भएपछि कसरी सकिन्छ काठमाडौं पुग्ने तयारी भइरहेको हो। बाबुराम अहिले गोरखाको हर्मीमा चुनावी प्रचारमा छन्। त्यहाँबाट गोरखा सदरमुकाम पुग्न ३ घन्टा समय लाग्छ। भ्याएमा गाडीमा, नभ्याउने भए हेलिकप्टरमै भए पनि भट्टराई काठमाडौं फर्कने तयारीमा छन्।


प्रकाशित | २०७४ मंसिर ३ प्रकाशित ०६:३२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ