पुननिर्माणको जिम्मेवारी कार्यकारी सदस्यलाई

२८ कार्तिक २०७४, मंगलवार ०१:३६

कात्तिक २८, काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पप्रभावित ३१ जिल्लामा समग्र पुनर्निमान कार्यको अनुगमन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्याएर कार्यकारी समिति सदस्यहरु डा. चन्द्रबहादुर श्रेष्ठ, ध्रुवप्रसाद शर्मा, डा. हरिराम पराजुली र डा. विष्णुबहादुर भण्डारीलाई भूकम्प प्रभावित ३१ जिल्लामा भएका र भइरहेका पुनर्निमानसँग सम्बन्धित समग्र कार्यको अनुगमन तथा सहजीकरण गर्न जिम्मेवारी दिएका हुन् ।

जसअन्र्तगत कार्यकारी समिति सदस्य डा. पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ । अर्का कार्यकारी समिति सदस्य शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, कास्की, लम्जुङ, तनहुँ र स्याङ्जाको जिम्मेवारी दिइएको छ । कार्यकारी सदस्य डा. भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर सोलुखुम्बु र खोटाङको तथा डा. श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी तोकिएको छ ।

प्राधिकरणको कार्यलाई थप तीव्रता दिई कार्य समितिबाट भएको पूर्व निर्णयलाई तोकिएकै समयमा कार्य सम्पन्न गर्न÷गराउन भूकम्प पीडित ३१ जिल्लामा हुने र भईरहेको निजी आवास निर्माण बस्ती स्थानान्तरण, सम्पदा पुनर्निमान, पूर्वधार निर्माण, जीविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पादन, सीप विकासलगायतका कामको कार्यान्वयनको जिम्मेवारी उनीहरुलाई दिइएको छ । –राजधानी दैनिकबाट