नेसनल मडिकल कजेज सम्बन्धन विवाद, त्रिवि उपकुलपति समेत दर्जनौं तानिए

२८ कार्तिक २०७४, मंगलवार ०२:०६

कात्तिक २८, काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने र दिलाउने कार्य र निर्णयमा संलग्न एक दर्जनभन्दा बढीलाई जाँचबुझका लागि बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष गौरीबहादुर कार्कीको अध्इक्षतामा बसेको बैठकले त्रिभुवन विश्वविद्यालयका हालका उपकुलपति तीर्थ खनियाँसँगै तत्कालीन उपकुलपति डा. हिराबहादुर महर्जनलगायत दर्जनभन्दा बढीलाई आयोगमा उपस्थित ग।ाउने निर्णय गरेको हो ।  अध्यक्ष काकीले काठमाडौं नेसनल मेडिकलका विषयमा त्रिवि कार्यकारी परिषदका पदाधिकारीदेखि कलेजको प्राविधिक अनुगमनका लागि त्रिविबाट खटाएका टोली संयोजक र सदस्यलाईसमेत जाँचबुझका लागि बोलाएको बताए । आयोगले तत्कालीन उपकुलपति महर्जन, हालका उपकुलपति खनियाँसहित रेक्टार सुधा त्रिपाठी, रजिस्टार डिल्ली उप्रेतीलगायत कार्यकारी परिषद्का सम्बनधन दिने निर्णयमा संलग्न सबै सदस्यलाई उपकुलपतिमार्फत उपस्थित गराउने निर्णय गरेको छ ।

 

यसका साथै आयोगले विवादित मेडिकल कलेजको प्राविधिक अनुगमन गर्न २५ र २६ कात्तिक ०७० मा त्रिविबाट खटाएको टोलीका संयोजक डा. करविनाथ योगी र सदस्यहरु डा. केशवप्रसाद मिश्र, डा. ज्योती शर्मा, डा. रामप्रसाद उप्रेती, र त्रिवि योजना महाशाखाका प्रल्हादराज पन्तलाई पपनि जाँचबुझका लागि बोलाएको छ ।  आयोगले नेपाल मेडिकल काउन्सिलबाट सुरुमा २४ साउन ०६९ मा प्रारम्भिक स्थलगत निरिक्षण गर्ने टोलिका सदस्य डा. शशि शर्मालाई पनि बोलाएको छ । उक्त टोलीका अन्य सदस्यलाई बोलाएर आयोगले छलफल गरिसकेको छ । डा. शर्मा मात्र आयोगमा जान बाँकी रहेकाले पुनः बोलाएको आयोगले जनाएको छ । –सौर्य दैनिकबाट