निर्वाचन विरोधीलाई ठेगान लगाउन सरकारको निर्देशन

२८ कार्तिक २०७४, मंगलवार ०१:०८

कात्तिक २८, काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन आउन केही दिन बाँकी हुँदा निर्वाचन विरोधी समूहले उम्मेद्वारमाथी धावा बोल्न थालेपछि सरकारले उम्मेद्वारको सुरक्षाका लागि नयाँ रणनीति बनाउ सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका रुपमा रुपमा आफूलाई चिनाउँदै आएको विप्लव माओबादीले मध्यपहाडी जिल्लामा आफ्नो गतिविधिलाई तीब्र उम्मेद्वारमाथी आक्रमण गर्न थालेको छ । १० वर्षे माओवादी युद्धमा संगै रहेका नेत्रविक्रम चन्द (विप्लव) ले विशेष गरी नेकपा माओवादी केन्द्रका नेता तथा उम्मेद्वरमाथी धावा बोल्न थालेका छन् । सरकारले मध्यपरिश्चमका पहाडी जिल्लामा विप्लव माओवादी गर्न थालेपछि ती जिल्लामा थप फौज पठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले विप्लव माओवादीको प्रभाव रहेका क्षेत्रमा थप सुरक्षा फौजलाई परिचालन गरेको छ भने उनीहरुको गतिविधिलाई नजिकबाट निहालेको मन्त्रालयले जानकारी दिएको छ । तराईका १८ जिल्लमध्ये २ नम्बर प्रदेशमा पर्ने जिल्लामा तराईका भूमिगत समूहले हिंसात्मक गतिविधि गर्न सक्ने भएकाले त्यसतर्फ रहन जिल्ला स्थित सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सुरक्षा रणनीति प्रयोग गर्ने नेपाल प्रहरीका प्रवक्त प्रहरी नायव महानिरिक्षक मनोज न्यौपानेले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।