धरापमा छन् बाराका सामुदायिक विद्यालय

२ मंसिर २०७४, शनिबार ०७:०५
aayo
श्याम गुप्ता
मङ्सिर २ ,बारा । 
बारामा ग्रामिण भेगका केही सामुदायीक विद्यालयहरु शिक्षा कार्यालय बाराको लापरवाहीका कारणले गर्दा लथालिंग र वेथिति अवस्थामा छन् ।
aayo khabar
केही विद्यायलमा शिक्षक संख्या सुन्य छन् , भने केही विद्यालयमा भएका शिक्षकहरु समेत काज सरुवाको नाममा अन्यत्र पाएक पर्ने स्थानमा जाँदा प्राय प्रार्थमिक विद्यायलहरुको अवस्था लथालिंग र बेथिति भएको हो । जिल्लाको कोल्हवी नगरपालीका वडा नं.१० बेलवाको एक प्रार्थमिक विद्यालयमा अहिले केहि महिना देखी एक मात्र शिक्षिकाले बिना तलबमा विद्यालय धानेकी छन् । केही बर्ष अघि जिल्लाले विद्यार्थीको टाउको गनेर दिने गरेको पिसिएफ अनुदानका चार शिक्षकबाट सञ्चालित स्कुलमा अहिले ६० देखी ७० जना विद्यार्थी अध्ययनत् छन् ।
अघिल्लो आर्थिक वर्ष देखी जिल्लामा प्राप्त हँुने पिसिएफ अनुदानको रकम कटौती भए पछि शिक्षकहरु महिनौं दखी बिना तलब फुर्सदमा काम गरिरहेका छन् । विद्यालयकी प्रध्यानाध्यापक सागर मैयाँले महिनौं देखी तलब सुबिधा नपाएको गुनाँसो गर्दै विद्यालयबाट बिदा लिने तयारीमा रहेको बताईन् । अहिले विद्यालयमा ४ जना मध्ये प्रअ सागर मैयाँ बाहेक एक शिक्षिका घरको कामबाट फुर्सद भएको बेला स्कुल आउँने गरेकी छिन् , भने अन्य दुईले विद्यालयले तलब सुविधा दिए फर्किने भन्दै बिकल्पको खोजीमा छन् ।विशेष गरी दलित र मुस्लिम समुदायका बिपन्न परिवारको बसोबास गरेको सो स्थानमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बजरंगबलीले जर्वजस्ती समुदायले आँफुलाई अध्यक्ष बनाएको भन्दै विद्यालयको समस्या बारे आँफु अन्योलमा रहेको बताए ।
शिक्षा कार्यालय बाराले शिक्षकहरुलाई बिना आवश्यक र बिना अनुगमन नैं काज सरुवामा पठाउँने गरेको छ । विद्यालयको गतिबिधि बारे सबै जानकारी कार्यालयमा सुचना दिने स्रोत व्यक्तिलाई नंै जानकारी नदिई शिक्षकहरुले विद्यालय सर्ने बारामा परिपाटी नैं बनेको छ । जसका कारण विद्यालयहरु शिक्षकको अभावमा धरापमा पर्दै गएका हुँन् ।जिल्लाको कोल्हबी नगरपालीका कै साबिकको जुअवा कट्टीमा रहेको प्रार्थमिक विद्यायलमा पनि प्रधानाध्यापकले काज सरुवा लिएर अर्कै स्कुलमा गए पछि विद्यालयले समस्या बेहोरेको छ ।

प्रध्यानाध्यापकमा रहेका प्रार्थमिक तहका स्थाई शिक्षक राम प्रसाद चौधरी व्यवस्थापन समितीलाई समेत जानकारी नंै नदिई शिक्षा कार्यालयको मिलोमतोको सिफारिसमा घर पाएक स्कुलमा काज सरुवामा गएका छन् । काजमा गएका प्रअ कै सिफरिसमा सोही विद्यालयकी प्रार्थमिक तहकी राहत शिक्षिका सन्ध्या राय चौधरीलाई आँफैले निमित्त प्रअका लागी जिम्मेवारी सुम्पेर छाडे पछि विद्यालयमा व्यवस्थापन पक्ष रुष्ट बनेको छ ।प्रअ रामप्रसाद चौधरीले विद्यालयका विभिन्न शिर्षकका लाखौं रकम हिनामिना गरेर काजमा गएको स्थानियको आरोप छ । उनी माथी अघिल्लो आर्थिक वर्षमा सौचालय निर्माणमा आएको बजेट हिनामिना गरेको आरोपमा अख्तियारमा मुद्दा चलिरहेको समेत तत्कालिन स्कुल व्यवस्थापन अध्यक्ष बिनोद चौधरीले बताए । व्यवस्थापन समिती र अन्य कुँनै कारण वस् प्रअसँग कुरा नमिले शिक्षा कार्यालय कै अनुमति लिएर प्रअहरु घर बसेर तलब सुबिधा लिने वा काज सरुवा लिने परिपाटी नैं बसेको छ ।

यसै सन्दर्भमा हामी बाराका शिक्षा अधिकारी लालबाबु साहलाई शिक्षा कार्यालयमा प्रतिक्रिया लिन जाँदा उनी काम विशेषले बाहिर गएका थिए । मोवाईलमा मार्फत प्रतिक्रिया लिदा उनले यस्ता बेथितिका दर्जनौं विद्यालयहरु रहेको स्वीकार्दै जिल्लाको शैक्षिक बेथितिलाई सुधार गर्न आँफु लागी परेको भन्दै राजनैतिक आडमा शक्ति देखाउँने शिक्षकको दबाबले काम गर्न असजिलो भएको स्विकार गरेका छन् ।उनले शिक्षक नैं नभएका विद्यालयमा तुरुन्त शिक्षक व्यवस्थापन गर्न समेत आँफु लागी परेको बताउँदै शिक्षाको संरचना नैं स्थानिय तहमा गईसकेको कारण जनप्रतिनिधिले नैं अब शिक्षा क्षेत्रको सुधार गर्नु पर्ने भन्दै आँफु पन्छिन खोजेका छन् ।

2 Attachments