दाहालको निधनप्रति प्रम देउवा दुःखी

मंसिर ३, काठमाडौं । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा असामयिक निधन भएकामा दुःख व्यक्त गरेको छ ।

deuba, breaking news from nepal

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले दिवंगत प्रकाशको चीरशान्तिको कामना गर्दै पूर्वप्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

स्व प्रकाशप्रति काँग्रेसले श्रद्धाञ्जलि अर्पण गर्दै उनको चीर शान्तिको कामना र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि दाहालको निधनप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेको छ ।


प्रकाशित | २०७४ मंसिर ३ प्रकाशित १४:२९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ