तीन सुरक्षा घेरामा मतपेटिका भण्डारण

१२ मंसिर २०७४, मंगलवार ०१:३१

मंसिर १२, काठमाडौं । मतदानस्थलबाट जिल्ला सदरमुकाम ल्याइएको मतपेटिका उच्च सुरक्षाका साथ भण्डारण गरिएको छ ।

मतदान भएको मतपेटिका ११ दिनसम्म भण्डारण गर्नु चुनौतीपूर्ण रहेको भन्दै निर्वाचन आयोगले उच्च सुरक्षा सतर्कताका साथ मतपेटिका राखिएको दाबी गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मत गणना गर्ने भएकाले मतपत्र मुख्या् निर्वाचन अधिकृतको रेखदेखमा विशेष सुरक्षाका साथ राखिएको जनाएको छ ।   सदरमुकाममै मतपत्रसहितको मतपेटिका भण्डारणको व्यवस्था मिलाउन आयोगले जिल्ला निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिएको छ । मुख्य निर्वाचन अधिकृत र जिल्लाका सुरक्षा प्रमुखहरु बसेर कहाँ भण्डारण गर्ने कुरा निर्धारण गरिने आयोगले जनाएको छ ।

 

भण्डारण गरिउको मतपेटिका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको सुरक्षा घेरामा रहने आयोगमा सुरक्षा हेर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले जानकारी दिए । सुरक्षा अवस्था हेरेर पर्याप्त सुरक्षा व्यवस्था मन्त्रालयदे गरेको पनि आयुक्त शाहले जानकारी दिए ।
मतपेटिका त्यत्रो जोखिम र चुनौतिपूर्ण हुने उल्लेख गर्दै उनले त्यसको सुरक्षाको व्यवस्था मिलाउन उच्चस्तरिय सुरक्षा समितिलाई निर्देशन दिइसकेको बताए । उच्चस्तरीय सुरुषा समितिको यसअघि बैठकमा समेत प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्वारको सुरक्षासाँगै मतपेटिका सुरक्षा चुनौतीपूर्ण रहेको धारणा राखेका थिए ।  सोमबार साँझसम्मा २ हजार ९ सय १७ मतदानस्थलमध्ये २ हजार ४ सय १० मतदानस्थलका मतपेटिका जिललाका सदरमुकाममा संकलन भइसेकाके आयोगले जनाएको छ । मतपेटिकाकलाई मतदान केन्द्रबाट ढुवानी गरेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकेपछि सबै मतपेटिका एउटा निश्चित ठाउँमा राखेर ‘सिल’ गरिएको पनि उनले जानकारी दिए ।

 

४० वटा मतदानस्थलका मतपेटिका हेलिकेप्टरबाट हिजो साँझ जिल्ला सदरमुकाममा ल्याएको थियो । कतिपय जिल्लामा मतपेटिका लिन जाँदा हेलिकोप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने भन्दै राजनीतिक दलहरुबीच विवाद भएपछि मतपेटिका नराखिकन हेलिकोप्टर फर्किएको थियो । यसले गर्दा पनि मतपेटिका सदरमुकाम ल्याउन ढिलाई भएको बुझिएको छ । आयोगका अनुसार ४ सय ६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको छ । मतपेटिका ११ दिनसम्म मुख्य निर्वाचन अधिकृतको जिम्मामा हुने प्रमुख आयुक्ता डा. आयोधिप्रसाद यादवले जानकारी दिए । –नेपाल समाचारपत्र