झापामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

१७ कार्तिक २०७४, शुक्रबार ११:२५

कात्तिक १७, झापा । दमक–९ शान्तिचोकका ५५ वर्षीय बिदुर नेपालीको श्रीमतीको कुटाइबाट मृत्यु भएको छ ।

४८ वर्षीया श्रीमती सानुमाया दर्जीले मादक पदार्थ सेवन गरी श्रीमान्लाई कुटपिट गरेको प्रहरीले बताएको छ । उनीहरू दुबै मादक पदार्थ सेवन गरी झगडा गर्ने गरेको छिमेकीले बताएका छन् ।

बिदुरको शव पोष्टमार्टमका लागि उर्लाबारी स्थित मंगलबारे अस्पातल लगिएको छ । कुटपिट गर्ने श्रीमती सानुमायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।