जिसस उपप्रमुख र गाउँपालिका अध्यक्षसहितका ११ जनप्रतिनिधि कांग्रेसमा प्रवेश

२६ कार्तिक २०७४, आईतवार १२:१५

कात्तिक २६काठमाडौं । जिल्ला समन्वय समिति परासीका उपप्रमुख र सरावल गाउँपालिकाका अध्यक्षसहित ११ जना जनप्रतिनिधिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 

फोरम लोकतान्त्रिकबाट विजयी भएका जिसस उपप्रमुख अब्दुर रहमान चुरिहार र गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीसहितका वडाअध्यक्ष र सदस्यहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष बिजय कुमार गच्छदार नेपाली कांग्रेसमा समायोजन भएपछि जनप्रनिनिधिहरुसँगै फोरम लोकतान्त्रिकको जिल्ला समितिसमेत कांग्रेसमा समाहित भएको छ । उनीहरुसबैलाई आईतबार नेपाली कांग्रेसले आयोजना गरेको स्वागत कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र कार्यवाहक जिल्ला अध्यक्ष अर्जुनकुमार पोखरेलले पार्टीमा प्रवेश गराएका हुन् ।

४१ सदस्यीय जिल्ला समिति रहेको लोकतान्त्रिकका जिल्ला अध्यक्षसहित ३२ बढी जिल्ला सदस्यहरु कांग्रेसमा गएको जिल्ला सचिव गजानन्द पटेलले जानकारी दिए । पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिहरु कांग्रेसमा समाहित भएको पटेलले जानकारी दिए ।