जनप्रतिनिधि घरमै पुगेर वृद्धभत्ता बाँड्दै

२१ कार्तिक २०७४, मंगलवार ०२:१७

कात्तिक २१, डोटी । डोटी बोगटान गाउँपालिकाका जनप्रतिधिले घरमै पुगेर वृद्धभत्ता तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन् । गाउँपालिका अध्यक्ष वीरेन्द्र चन्दले वृद्धहरुको घरमै गएर भत्ता बाँड्न सुरु गरेका हुन् ।

वृद्धवृद्धा गाउँपालिका कार्यालयसम्म पुग्न नसक्ने भएको खबर पाएपछि अध्यक्ष चन्द घरमै पुगेर भत्ता बाँड्न थालेको स्थानीय खडक बोहराले बताए ।

यसरी अध्यक्ष नै घरघरमा पुगेर भत्ता बाँडेपछि स्थानीय खुसी भएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।