चुनावी सभामा बिस्फोटको प्रयास गर्ने सार्वजनिक

११ मंसिर २०७४, सोमबार ११:१८

श्याम गुप्ता
मंसिर ११, बारा ।

आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी बारा प्रहरीले अहिले यस क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था कडा पारेको छ ।

जिल्लमा अवैध गतिविधि गर्ने दर्जन बढीलाई कानुनी दायरामा ल्याईसकेको प्रहरीले आईतवार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्ती नजिकै टिफिनकारीमा बम बिष्फोट गराउँनेलाई पक्राउ गरी सोमवार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।  ईलाका प्रहरी कार्यालय सिमराले पत्रकार सम्मेलनको आयोजना गरी बम बिस्फोट गराउँदै हिड्ने गिरोह मध्येका एक जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का अन्दाजी ३५ वर्षीय कासी भनिने सन्तोष तिमल्सिनालाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए । सो बम बस्ती भन्दा केही पर जङ्गल नजिकै विष्फोट भएकाले कुँनै प्रकारको मानविय क्षति नभए पनि स्थानीयवासी भने त्रासित बनेका थिए । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियावस्तिमा वाम गठबन्धनले गरिरहेको घरदैले र सभालाई बिथोल्न उक्त बम विष्फोट गराईएको स्थानीयको भनाई छ । निर्वाचनका बेला कुँनै अबैध गतिविधि हुँन नदिन र उम्मेदवारको सुरक्षाका लागी विभिन्न दलको चुनावी घरदैलोमा समेत प्रहरीले सुरक्षा दिईरहेका समेत प्रहरी प्रमुख बैदवारले बताए ।