ग्रिसमा आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु

कात्तिक ३०, काठमाडौं । युरोपेली मुलुक ग्रिसमा आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

मध्य ग्रिसको औद्योगिक शहरहरु मान्ड्रा, निया पेरामोस र नेगारा बढी प्रभावित भएका छन् ।  रातभरी परेको भारी वर्षाले बाढी आउँदा कम्तिमा १५ जनाले ज्यान गुमाएको अधिकारीहरुले बताएका छन् ।

मृतकमा अधिकांश जेष्ठ नागरिक रहेको र उनीहरुको शब घरभित्रै भेटिएको जनाइएको छ ।  बाढीमा परी घाईते भएका ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । केही मानिसहरु अझै पनि हराईरहेका छन् ।

बाढीले बगाएर ल्याएको रातो माटोले ठाउँठाउँमा सडक अबरुद्ध पारेको छ । बाढी प्रभावित क्षेत्रमा उद्दारकर्मी परिचालन गरिएको छ ।(एजेन्स)


प्रकाशित | २०७४ कार्तिक ३० प्रकाशित ०२:१६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ