गोरु जोतेर मतदाता फकाउँदै सुर्खेतका उम्मेदवार

२७ कार्तिक २०७४, सोमबार ०२:०४

कात्तिक २७, सुर्खेत । प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज रावत मतदाताको खेतमै पुगेर गोरु जोत्दै मतदाता आकर्षित पार्न थालेका छन् । वाम गठबन्धनका तर्फबाट सुर्खेतको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनी मतदाताको खेतमै पुगेर गोरु जोतेका हुन् ।

चौकुने गाउँपालिका–३ सोभानचौर सुर्खेतमा खेत जोतिरहेका मतदातालाई भोट मागेर रावतले गोरु आफैँ जोतेका हुन् ।

यस्तै जिल्लाकै विकट धनरास, लगामलगायतका गाउँका खेतबारीमा गोरु जोत्दै गरेका मतदातालाई भेट्न उम्मेदवार पुगेका थिए ।

उता प्रदेशसभा ‘ख’ का उम्मेदवार विन्दमान विष्ट पनि जिल्लाको चौकुने गाउँपालिकाको लगाम, धनरासललयातका किसानको खेत–खेत चहारिरहेको खबर आजको नेपाल समाचार दैनिकमा छापिएको छ ।

यातायातको पहुँच सहज नहुँदा सदरमुकाम पुग्न झन्डै १ दिन लाग्ने उक्त क्षेत्रका बासिन्दाले कृषिभन्दा विद्युत, सडक, स्वास्थ्य र शिक्षामा जोड दिन उम्मेदवारलाई सुझाएका छन् ।