गोकर्णेश्वरमा फोहोरमैला व्यवस्थापन तथा अभिमुखीकरण सम्बन्धी तालिम

कात्तिक ३०, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ८ माकलबारीमा फोहोरमैला ब्यबस्थापन तथा अभिमुखीकरण तालिम संचालन गरिएको छ ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले अभिमुखीकरण तथा सशक्तिकारणका लागि गोकर्णेश्वर नगरपालिका र आयोजकसंग सहकार्य गरेर अघि बढेमा केहि परिणाम आउने बताए बताए। उनले फोहोर मैला व्यवस्थापन आफ्नो पहिलो र मुख्य प्राथमिकता रहेको बताए ।  काठमाडौँको फोहोर फल्ने एउटा ठाउ सिसडोल भएको उनले अहिले उपत्यकामा कुनै नगरपालिकाहरुमा अहिले उपत्यकाको महानगरपालिका बाहेकका उपमहानगरपालिका बाहेकका फोहोर फाल्ने गाडी नै नभएको बताउदै गोकर्णेश्वर नगरपालिकासंग भएको एउटा मात्र ट्रक दौडाइरहेको , दैनिक मान्छे पनि खटाईरहेको बताएका थिए।

 

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगानाले आफुहरु फोहोर ब्यबस्थापनको लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको बताउँदै पहिला मानिसहरुको सोचमा परिबर्तन ल्याउनु पर्ने बताए । आफु वडालाई स्वोच्छ सफा राख्नको लागि फोहोर ब्यबस्थामा निरन्तर लागि रहेको बताए ।  कार्यक्रमको सभाध्यक्ष माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पाले हाम्रै घर अगाडी बगिरहेको बागमती नदीलाई कसरि सरसफाई गर्ने ? सफा सुन्दर राख्ने भन्ने बिषय बस्तु तर्फ सचेत हुनु पर्ने भन्दै घरको फोहोर बाहिर फाल्दा होशियारी अपनाउनु पर्ने बताईन । कार्यक्रमको दोस्रो सत्रमा सहभागी हरुलाई प्रशिक्षकहरुले कसरी घरको फोहोर घरमै ब्यबस्थापन गर्न सकिन्छ भनेर अभिमुखीकारण दिएका थिए ।

 

संगम टोल विकास समाज, माकलबारी टोल सुधार समिति र बागमती सुन्दरता सरोकार मन्चको संयुक्त आयोजनामा भएको उक्त अभिमुखिकारण कार्यक्रमलाई आइडी यस नेपाल ,इस्ट पोल स्कुल र बोना फोर्टुना इन्टरनेसनलले सहयोग गरेका थिए । कार्यक्रममा संगम टोल विकास समाजका अध्यक्ष प्रकाश अधिकारीले स्वागत मंतब्य राख्दै कार्यक्रम भव्यताका साथ सफल भएको र यसलाई आगमी दिनमा निरन्तरता दिदै केहि वर्ष अगाडी देखि हाम्रो अत्तरखेल राम्रो अत्तरखेल अभियान अन्र्तगत लामो समय अत्तरखेल क्षेत्रलाई सवच्छ राख्न जुटेको र आगामी दिनमा नमूना वनाउन आफुहरु लागि पर्ने बताए । कार्यक्रममा संगम टोल र माकलवारीका ८६ जना घर भएका महिलाहरुले आफनो घरको फोहोरलाई कसरी घरमै व्यवस्थित गरेर आयस्रोतमा रुपान्तरण गर्ने वारेमा सिकेका छन् ।

कार्यक्रम उदघाटन सत्रमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना,राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। सुमित्रा अमात्य रहेकी थिइन् भने अतिथिहरुमा बागमती सुधार आयोजनाका प्रमुख आशिष घिमिरे ,आइ. डी यसका प्रमुख प्रभा पोख्रेल ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लहाकार दिपक रिसाल ,बागमती सुन्दरता सरोकार मन्चका केन्द्रीय संयोजक उत्तम पुडासैनी इस्ट पोल मा.विका प्रिन्सिपल राजेश राइ ,बोना फर्चुना इन्टरनेसनलका प्रतिनिधि डोमेनिक डुड ,संगम टोल विकास समाजका अध्यक्ष प्रकाश अधिकारी लगायत रहेका थिए ।


प्रकाशित | २०७४ कार्तिक ३० प्रकाशित ०६:१६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ