गायिका देशुको ‘यो दिलको राजा’ बोलको गीतमा गौरवको त्रिकोणात्मक प्रेम (भिडियो सहित)

८ मंसिर २०७४, शुक्रबार ०५:३०

मंसिर ८, काठमाडौं । बेलायतमा बसेर नेपाली गीतसंगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छन् । ‘यो दिलको राजा’ बोलको गीत म्यूजिक भिडियो ल्याएकी हुन्। देशुकै शब्द रहेको गीतमा नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत छ भने लोकप्रिय संगीतकार अर्जुन पोखरेलले म्यूजिक एरेन्ज गरेका छन् ।

लभ फ्लेभरमा रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।

ज्ञानेन्द्र शमाले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन्। देशुले यसअघि ल्याएको ‘सायद मलाई’बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए । ‘यो गीतलाई पनि रुचाइदिनुुहुन्छ भन्ने विश्वास छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ । ’