केरुङ रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी

६ मंसिर २०७४, बुधबार ०२:४३

मंसिर ६, काठमाडौं । तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिकरुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ।

नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रारम्भिक रिपोर्ट ऊर्जा मन्त्रालयमा बुझाएको थियो। मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउन लागेको जानकारी दिए। ुरसुवागढी हुँदै चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिकरुपमा उपयुक्त भएको प्रस्ताव चीन सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पठाउने तयारीमा छौं,ु उनले भने, ‘प्राधिकरणको उच्चस्तरीय टोलीले बुझाएको रिपोर्टका आधारमा चीन सरकारलाई प्रस्ताव पठाउन लागेका हौं।’