काठमाडौंको सडक बु्मरले सफा गरिदैँ

१४ मंसिर २०७४, बिहीबार ०९:३७

मंसिर १४, काठमाडांै ।
काठमाडौंका सडकहरुमा अत्याधिक मात्रामा धुलो बढेसँगै, काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणको लागि बु्रमरको प्रयोग गरेका छन् ।


उक्त बू्रमरको धुलो संकलन क्षमता भने एक डम्फर (करिब ५०० के.जी) रहेको चालक अमन राईले बताए । विभिन्न फालेका प्लास्टिकका फोहोरहरु, अरु सवारी साधनले काम गर्नका लागि रुट नदिने भएकाले काम गर्न निकै असहज हुने बताउछन् उनी । बु्रमरको प्रयोग गरेसँगै सवारी चालकहरुमा पनि धुलोमुक्त काठमाडौं हुन्छ की भन्ने आशा पलाएको छ ।
रत्नपार्क आसपासको क्षेत्रलाई धुलोमुक्त बनाउन आजबाट बु्रमर थपिएको छ । सडक विभागको सहकार्यमा परिक्षणको लागि आज बिहान सुन्धारा, रत्नपार्क र भद्रकालीसम्मको सडक सफा गरिएको छ ।