काँग्रेस नेता थापाको घरमा राखिएका दुई सुत्तली बम निस्क्रिय

६ मंसिर २०७४, बुधबार १०:००

मंसिर ६ ,नुवाकोट ।
नुवाकोटको एक नेताको घरमा राखिएको  सुत्तली बम निष्कृय पारिएको छ । शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली कांग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेटिएका दुईथान सुतलीबम निस्क्रिय बनाइएको हो ।

ति दुई सुतलीबम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । बुधबार शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर–१ ले चुनावीसभा आयोजना गरेको र त्यहाँ कांग्रेसका उम्मेदवार बुधबार शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर–१ ले चुनावीसभा आयोजना गरेको र त्यहाँ कांग्रेसका उम्मेदवार डा रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले बम राखेको हुनसक्ने अनुमान गरिएको छ बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भएपनि निर्वाचनविरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।