कमलादीमा चलाउने दुई भारतीय ‘सुटर’ पूर्वप्रहरी

६ मंसिर २०७४, बुधबार ०६:४१

मङ्सिर ६, काठमाडौँ। गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ। गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनले आफू प्रहरीको जागिर छाडेर राजनीतिमा लागेको बताएका छन्।

उनी पञ्जाबको लुधियाना जिल्लामा सरपञ्चमा विजयी भएको तथ्य खुलेको हो। सिंहको कार्यकाल गत वर्ष मात्र सकिएको थियो। सरपञ्च नेपालमा गाउँपालिका प्रमुखजस्तै पद हो। उनी भाजपाबाट चुनाव लडेका थिए। पक्राउ परेका अर्का भारतीय नागरिक हरदेवेन्द्र सिंह भारतको केन्द्रीय विद्युत् प्राधिकरणका सहायकस्तरका कर्मचारी हुन्।

दुवैजनालाई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौैंका डिएसपी बेलबहादुर पाण्डेले बताए। – नयाँ पत्रिका दैनिकबाट