कतारमा नाकाबन्दीको असर, फर्किए हजारौं नेपाली

मंसिर ८, काठमाडौं । ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् ।आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दैै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ ।

साउदी अरव, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका दर्जनभन्दा बढी ठुला कम्पनी बन्द भइसकेका छन् । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन् । आजको कान्तिपुरमा खबर छ ।


प्रकाशित | २०७४ मंसिर ८ प्रकाशित ०४:३१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ