एन आई सी एशिया क्यापिटल लिमिटेड र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता

१७ कार्तिक २०७४, शुक्रबार १४:१५

कात्तिक १७, काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ः ०.४० को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाडौंलाई नियुक्त गरेको छ ।

काकित्त १७ गते शुक्रबारका दिन एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा बिक्री प्रबन्धकसँगैै एन आई सी एशिया क्यापिटल पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निःशूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको जनाएको छ ।